Trending :
 

एमसीसीमा सहमति खोज्न शीर्ष नेताहरु बृहत् परामर्शमा

फाल्गुण १०,२०७८

-आस्था न्यूज

फागुन १०, २०७८ काठमाडौं।
सत्ता साझेदार दलका शीर्ष नेताहरू अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा बृहत् परामर्शमा जुट्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटी एमसीसी अनुमोदन गराउन सहमति जुटाउने प्रयास थाल्नुभएको हो । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा देउवाले एमसीसी अनुमोदन गरेर अनुदान सहायता लिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटमा संसद्मा पेस भएको एमसीसी अनुमोदन गर्ने सन्दर्भमा कुराकानी भएको छ ।
 
उहाँले भन्नुभयो, “एमसीसी संसद्मा पेस भइसकेको सन्दर्भमा प्रधानमन्त्रीले त्यसलाई अनुमोदन गर्न शीर्ष तहमा संवाद थालनी गर्नुभएको छ । फागुन १६ भित्र एमसीसी अनुमोदन गर्नुपर्ने भएकाले सहमति जुटाउन सबैसँग छलफल हुनेछ ।” नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका नेताहरूसँग संवाद गर्नुभएको छ । 
 
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पौडेलले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको हो ।
 
पौडेलले नेताहरूसँगको भेटमा एमसीसी पारितसँगै सत्ता साझेदार दलबीच बलियो एकता कायम गर्ने सन्दर्भमा कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसीको सन्दर्भमा कुरा भयो । एमसीसी फिर्ता भए भविष्यमा नेपालको विकास प्रक्रिया कस्तो हुन्छ, विदेशी सहायता कसरी जुट्छ भन्ने विषयमा कुरा ग(यौँ ।” पौडेलले सैद्धान्तिक रूपमा सत्तारूढ दलका नेताहरूबीच कुनै मतभेद नरहेको बताउनुभयो । 
 
जसपा अध्यक्ष यादवसँगको भेटपछि पौडेलले भन्नुभयो, “तर केही प्राविधिक कुरा छन् । त्यसको टुङ्गो फागुन १३ गते केन्द्रीय बैठकबाट निर्णय गर्ने कुरा आएको छ । ” एमसीसीको बहस संसद्मा वरिष्ठ नेता पौडेलले एमसीसी संसद्मा पेस भइसकेकाले अब त्यहीँ बहस हुने बताउनुभयो ।
 
उहाँले सडकमा फैलिएको हल्ला अनावश्यक रहेको टिप्पणी गर्दै अब राष्ट्रको ध्यान संसद्मा केन्द्रित हुने प्रस्ट पार्नुभयो । उहाँका अनुसार सोमबारको भेट एमसीसी अनुमोदनकै सन्दर्भमा केन्द्रित थियो । उहाँले एमसीसीको भविष्य के हुन्छ भन्ने विषयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छलफल जारी राख्ने बताउनुभयो । 
 
उहाँले नेपाली राजनीतिमा आफूहरूको पुस्ता असफल पुस्तामा परिणत हुने परिस्थिति आएको बताउँदै देश पनि असफल हुने अवस्था आउने हो कि भनेर सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेको उल्लेख गर्नुभयो । प्रक्रियाबाट टुङ्गिन्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसद्मा पेस भइसकेको बताउँदै त्यहाँको छलफलबाटै त्यो विषय निष्कर्षमा पुग्ने प्रस्ट पार्नुभयो । गोरखापत्रमा खबर छ ।