Trending :
 

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई काँग्रेसको निर्देशन

फाल्गुण ११,२०७८

-आस्था न्यूज

फागुन ११, २०७८ काठमाडौं ।
सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।
 
काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिनुभयो।
 
फागुन ८ गते संसदमा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरु हुँदैछ। एमसीसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिर्वाय उपस्थित हुन भनिएको उहाँले बताउनुभयो।