Trending :
 

लोकतान्त्रिक समावादी पार्टी एमसीसीको पक्षमा उभिने

फाल्गुण ११,२०७८

-आस्था न्यूज

फागुन ११, २०७८ काठमाडौं ।
 
लोकतान्त्रिक समावादी पार्टीले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थितका लागि निर्देशन दिएको छ।
 
पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एमसीसी पक्षमा उभिने निर्णयसमेत गरेको बताइएको छ। यद्यपि एमसीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता सुरेन्द्र झाले जानकारी दिए।
 
पार्टीका सबै सांसद्लाई भोलिको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन भएको छ। बठैठकले एमसीसीको विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ, उनले भने।