एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रचण्डले गरेको आग्रह प्रधानमन्त्रीबाट अस्विकार
-आस्था न्यूज
फागुन १२, २०७८ काठमाडौं ।
एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा अस्विकार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले स्वीकार्न नसकिने बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया तत्कालका लागि रोक्न आग्रह गरेका थिए । अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया रोक्न आग्रह गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन । अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै सचिवालयका एक सदस्यले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनमा समेत एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने दाहालको सचिवालयले बताएको छ ।