Trending :
 

संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

फाल्गुण १२,२०७८

-आस्था न्यूज

फागुन १२, २०७८ काठमाडौं ।
 
आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।
 
संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।
 
बैठकले सदनमा बोल्न चाहने सबै संसद सदस्यहरुले छलफलमा भाग लिन पाउने निर्णय समेत गरेको छ । बोल्ने सदस्यहरुलाई ५ मिनेटको समय उपलव्ध गराइने निर्णय भएको हो ।