Trending :
 

माओवादी केन्द्र नुवाकोटको संयोजकमा पुष्प लामिछाने चयन

फाल्गुण १३,२०७८

-आस्था न्यूज

फागुन १३, २०७८ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।
 
प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गरेको हो ।
 
लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो । माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।
 
माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्रवटै पालिकामा इन्चार्ज तोकिएको छ ।