Trending :
 

माग सम्बोधन नभएसम्म एमाले संसदीय प्रकियामा नजाने

फाल्गुण १३,२०७८

-आस्था न्यूज

फागुन १३, २०७८ काठमाडौं ।
एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरुबीचमा आधरभूत सहमति हुनुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव पोखरेलले एमालेले लोकतान्त्रिक पद्धतिलाई लिकमा ल्याउन पहल गरिरहेको बताएका हुन् ।
 
सरकारमा सहभागी हुने प्रक्रियामा एमाले कहाँसम्म पुगेको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग छलफल गरी अघि बढ्ने बताए ।
 
ुकांग्रेसले के गर्छ भन्ने कांग्रेसकै हातमै छ । गठबन्धनको बाटोमा जान्छ कि लोकतन्त्रिक पद्धतिलाई साथमा लिएर हिँड्छ । गठबन्धनले लोकतन्त्रलाई डिरेल गरेको छ । त्यसलाई लिकमा ल्याउने प्रयासमा कांग्रेसको भूमिका के रहन्छ सोही अनुसार हामीले निर्णय गर्छौैं, पोखरलेले भने । लोकतन्त्रलाई सही मार्गमा ल्याउन प्रमुख राजनीतिक दलहरूसँगको छलफल गरिरहनुपर्ने उनको भनाइ थियो ।
 
आफ्ना मागहरु सम्बोधन नभए आफूहरु संसदीय प्रकियामा सामेल नहुने उनले बताए । सभामुखका कारण राजनीति डिरेलमा परेको छ । सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे वा कांग्रेसले हाम्रो माग सम्बोधन गरे हामी संसदीय प्रकियामा जान सक्छौं ।ु उनले भने ।