Trending :
 

आर्थिक प्रसङ्ग :

एकै दिन साटियो ८० हजार चेक

आश्विन १०,२०७४

-

१०,२०७४ आश्विन,काठमाडौं-

अन्य समयको तुलनामा दसैंमा चेक क्लियरिङ दोब्बर भएको छ । अन्य समयमा औसतमा ३५ हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले दसैं बिदा हुन दुई दिन बाँकी छँदा सोमबार ८० हजारभन्दा बढी चेक क्लियरिङ गरेको हाउसका सञ्चालन निर्देशक मुन्नी राजभण्डारीले जानकारी दिनुभयो  ।

‘दसैंका कारण चेक क्लियरिङ बढेको छ’, उनले भनिन् ‘जति धेरै चेक आए पनि चेक क्लियरिङ गर्न असर पर्दैन ।’आइतबार हाउसले करिब ६० हजारजति चेक क्लियरिङ गरेको थियो ।तर, बैंकका ग्राहकले भने दसैंको बेलामा चेक क्लियरिङ नहुँदा समस्या झेलिरहेका छन् ।

एक सातादेखि बैंकले चेक साट्न नसकेको गुनासो ग्राहकले गरेका छन् । ।

 ग्लोबल बैंकले भने आफूहरूले चेक साटिरहेको र केही समस्या नभएको बताएको छ । बैंकले चेक साट्ने भीडभाडका कारण अर्थात् केही चेकमा समस्या आएको कारणले यस्तो भएको हुन सक्ने ग्लोबल बैंकका डेपुटी सीईओ जनकराज शर्माले बताए ।