Trending :
 

एमसीसी अस्वीकार गरे अमेरिका रिसाउछ, नेपालमा आर्थिक संकट आउछः पाण्डे

फाल्गुण १३,२०७८

-आस्था न्यूज

फाल्गुन १३, २०७८ काठमाडौं ।
 
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक संकट आउनसक्ने बताएका छन् ।
 
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।
 
एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनको भनाइ थियो । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेको तर्क थियो ।
 
धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने दाबी गरे ।
 
उनले अफगानिस्तान, इराक लगायतका देशमा अमेरिका प्रवेश गर्दाको प्रसंग कोट्याउँदै नेपालले पनि अमेरिकी सहयोग अस्वीकार गर्दा उसले असहयोग गर्ने संकेत गरेका थिए । पाँच वर्षे भिसालाई वेटीङ लिष्टमा राखिदिने । मैले सुन्दै छु, जर्मनीले तिमी अमेरिकाको पैसा लिँदैनौ । किन चाहियो हाम्रोबाट लोन भनेर रोक्न थाल्यो । एमसीसी नलिएको कुरा गर्दा । यसको के प्रभाव हुन्छ । करिब १५ देशबाट हामीले मेजर रुपमा रेमिटेन्स प्राप्त गर्छौं । 
 
यी सबै शक्ति कुनै न कुनै रुपले ग्लोबल पावर एक्सिसमा अमेरिका निकट अवस्थामा छन् । उसले नेपाललाई अलिकति मात्रै पनि नेपालतर्फको डिस्कोर्डेन्स रोकिदियो भने हामी संकटमा फस्छौं,ु पाण्डेले भनेका छन् ।