Trending :
 

प्रतिनिधिसभाको बैठक बस्न ढिलाई, एमसीसी आजै अनुमोदन गर्ने तयारी

फाल्गुण १५,२०७८

-आस्था न्यूज

फागुन १५, २०७८ काठमाडौं ।
प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिलागरी सुरु हुने भएको छ ।
 
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए अनुसार सत्ता गठबन्धनका दलहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्ताव लगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतबारको बैठक निर्धारित समयमा हुन नपाउने भएको हो ।
 
ुव्याख्यात्मक प्रस्ताव लगायतका केही प्रक्रिया बाँकी छन् । अहिले त्यसमा काम भइरहेको छ, कार्कीले भने ।
 
अहिले माओवादी संसदीय दलको बैठक संसद्‌ भवनमा बस्दै छ । नेकपा एसको स्थायी कमिटी संसद् भवन नजिकैको पार्टी प्यालेसमा बस्दै छ ।