Trending :
 

एमसीसी अनुमोदनका विषयमा छलफल गर्न मन्त्रिपरिषद्‌‌ बैठक बस्दै

फाल्गुण १५,२०७८

-आस्था न्यूज

फागुन १५, २०७८ काठमाडौं ।
एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ ।
 
मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
 
आइबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । सो टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा सरकार रहेको छ ।