काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन
-आस्था न्यूज
फागुन १७, २०७८ काठमाडौं ।
नेपाली काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । सोमबार भएको काँग्रेस मकवानपुरको निर्वाचनको मतपरिणाम अनिर्णित भएकामा अन्तिम समयमा उनी सर्वसम्मत रुपमै सभापति चयन भएका हुन् ।
निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणाम अनुसार जसको मत बढी आउँछ उसैलाई सभापति स्वीकार गरेर अघि बढ्ने पनि सम्झौता भएको थियो । सोही सम्झौता अनुसार लामालाई सभापति छोडेको पराजुलीको बताए ।
स्रोतका अनुसार पराजुलीलेले हेटौंडा उपमहानगरपालिकामा मेयरको टिकट र बागमती प्रदेश समिति सदस्यमा मनोनित गर्ने भद्र सहमतिु गरेर लामालाई सभापति पद छोडेका हुन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो । निर्वाचन समितिले मंगलबार दिउँसो १ बजेबाट दोस्रो चरणको मतदानको कार्यक्रम तय गरेको भएपनि सहमतिबाट लामा सभापति चयन भएका हुन् ।