Trending :
 

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि

फाल्गुण १९,२०७८

-आस्था न्यूज

फागुन १९, २०७८ काठमाडौं।
 
धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।
 
सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिए । हमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । 
 
प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
 
उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशी भएको प्रतियोगिता भएको दावी गरेको छ ।