मिस तामाङको उपाधि सोलुखुम्बुकी रञ्जनाले जितिन्

फाल्गुण २२,२०७८

-आस्था न्यूज

फागुन २२, २०७८ काठमाडौं ।
‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालको आयोजना रहेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् ।
 
कार्यक्रममा रञ्जनाले उपाधिसँगै एकलाख नगद तथा गिफ्ट ह्याम्पर पाएकी छिन् ।
 
राष्ट्रिय सभागृहमा शनिबार अबेर साँझ सम्पन्न अन्तिम काभ्रेकी पूजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भइन् ।
 
कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिङ्की घिसिङ, ‘मिस नेपाल २०१९’ की अनुष्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए ।