प्रिमियर लिगमा म्यानचेस्टर सिटीद्वारा युनाइटेड पराजित

फाल्गुण २३,२०७८

-आस्था न्यूज

फागुन २३, २०७८ काठमाडौं ।
 
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित  गरेको छ ।
 
गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे ।  युनाइटेडका जाडोन सान्चोले एक गोल गरे । जितसँगै शीर्षस्थानको सिटीले २८ खेलमा ६९ अङ्क जोडेको छ ।
 
दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने ४७ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ गोल अन्तरले  पराजित गरेको छ । जितपछि आर्सनलको ४८ अङ्क भएको छ । आर्सनल अङ्क तालिकाको चौथो स्थानमा छ भने वाट्फोर्ड १९ अङ्कसहित १९औँ स्थानमा छ ।