Trending :
 

अहिलेको परिस्थितिमा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था छैनः प्रचण्ड

फाल्गुण २३,२०७८

-आस्था न्यूज

फागुन २३, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् । अहिलेको परिस्थितिको विश्लेषण गर्दा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए । यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको बताए । 
 
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए । प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए ।
 
तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ ।  प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।