चीनतर्फ उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले पहल गरिरहेको छ: परराष्ट्रमन्त्री खड्का
-आस्था न्यूज
फागुन २३, २०७८ काठमाडौं ।
चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उत्तरी नाकालाई पुनः सुरु गराउने विषयमा सरकारले धेरै पहल गरेको जानकारी दिए ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग एक घण्टा लामो छलफलमा पनि यो कुरा माग गरेका थियौं । साथसाथै महामहिम राजदूतसँग भेटेर चीनबाट आएको प्रतिनिधिमण्डलसँग पनि हामीले यो कुरा उठाएका छौ खड्काले भने, ुयो कोभिडको कारणबाट हो भन्ने छ ।
आर्थिक रुपमा हामीलाई आप्ठ्यारो परिरहेको छ । हामीले खर्बौंको आयात गरेका छौं । निर्यात करिब करिब ठप्प रहेको छ । नाका खोल्ने विषयमा उच्च प्राथमिकतामा छ र हाम्रो चीनसँग सुमधुर सम्बन्ध रहेको छ । यसमा अन्य कुनै कारण छैन ।
मन्त्री खड्काले कोभिड क्रमिक रुपमा कम हुँदै जाँदा नेपालको अनुरोध पूरा हुनेमा आशावादी रहेको पनि बताए । निश्चय रुपमा नाका खोल्नका लागि चाँडोभन्दा चाँडो पहल होला ।
नाका खोल्ने विषयमा हामी सक्रिय छौुं खड्काले भने, चीनमा अध्ययन गर्ने विद्यार्थी फर्काउने विषयमा पनि हाम्रो प्रयास छ ।ु खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताए ।