इजरायली भुमिमा नेपाली महिला कामदारहरुको बढ्यो खेलकुदमा सहभागिता

फाल्गुण २४,२०७८

-आस्था न्यूज

फागुन २४, २०७८ काठमाडौं ।
 
रोजगारीका क्रममा इजराइलमा रहेका नेपाली महिलाहरु खेलकुदमा सहभागिता जनाउँन पाएपछि खुसी महसुस गरेका छन् ।
 
त्यहाको खेलकुद संस्थासँगको सहकार्यमा इजरायलका लागि पूर्व नेपाली राजदुत अञ्जान शाक्यले नेपाली महिला कामदारहरुलाई घर भित्रै सिमित हुन नपरोस भन्ने उदेश्यले सम्झौता गरी त्यसको चाँजोपाँजो मिलाएपछि हाल इजरायलमा रहेका महिलाहरु विभिन्न खेल प्रतियोगितामा सहभागि भै प्रतिस्पर्धा गर्न थालेका हुन् ।
 
केही दिनअघि भएको MAMANET International Crown (Catch ball) प्रतियोगितामा नेपाली महिला टोलीे छैटौं स्थानमा पुग्न सफल भयो । जारी प्रतियोगितामा नेपाल सहित अमेरिका, स्वीजरल्याण्ड, केन्या लगायतका देशका महिला खेलाडीहरुको प्रतिस्पर्धा भएको खेलमा सहभागि रहनुभएकी पवित्रा गौतमले जानकारी दिनुभयो ।
मामानेट युनाइटेड नेपाल टिम वान र टिम टु गरी ३३ टिमको सहभागिता रहेको थियो ।  
 
पूर्व राजदुत अञ्जान शाक्यले आफ्नो कार्यकालमा नेपाली महिलाहरुको लागि काम मात्रै नभई खेलकुद, मनोरञ्जन जस्ता कार्यहरुले थप प्रोत्साहन गर्ने उदेश्यले स्थानिय खेलकुद संस्थासँग सम्झौता गरि कार्यन्वयनमा ल्याएको र यसले महिलाहरुलाई थप हौसला प्रदान गरेको पनि पवित्रा गौतमले बताउनुभयो ।
 
पूर्व राजदुत शाक्यकै कार्यकालमा यसअघि नेपाल-इजरायल श्रमिक सम्झौता गरी कार्यन्वयनमा आइसकेको छ ।
May be an image of 11 people, people standing and outdoorsMay be an image of 3 people and people standing