Trending :
 

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा विजयी

फाल्गुण ३०,२०७८

-आस्था न्यूज

फागुन ३०, २०७८ काठमाडौं । 
 
नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।
 
दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।
 
लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्।
 
पहिलो चरणको मतदानमा डा। प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए। उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए ।
 
सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनस् मतदान भएको थियो।