Trending :
 

खेलकुद गतिविधि:

४३ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) प्रतियोगीतामा भारतको जित

आश्विन २२,२०७४

-

 

 

२२ आश्विन,नवलपरासी-

  नवलपरासीमा जारी ४६ औँ अन्तराष्ट्रिय कुस्ती  (दंगल ) प्रतियोगीताको उपाधि भारतले जित्न सफल भएको छ  । भारत आजमगढका जितेन्द्र चौहान पहलवानले उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी द्धितिय पुरस्कार दुई जना भारतकै खेलाडीले पाउन सफल भएका छन् । द्धितिय पुरस्कार  भारत कमाशेका पहलवान  राजन मिश्रा  र  भारत महाराजगंज अनि शैलेश पहलवानले बिच खेल बराबरी हुदा संयुक्त रुपमा पाउन सफल भएका हुन् ।

बिजयी प्रथम पहलवानले नगद २१ हजार  र द्धितिय हुने पहलवाहरुले   ११ हजार सहित  मेडल प्रमाण प्राप्त गरेका गरेका छन् । विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती रामग्राम नवलपरासीद्वारा आयोजीत प्रतियोगीतामा बिजयी खेलाडीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बितरण गर्नुभएको थियो  ।

लोकउन्मुख कुस्ती खेलको प्रबद्र्धनकालागी प्रत्येक बर्ष नेपाल र भारतका पहलवानहरु बिच प्रतियोगीता गर्दै आएको  विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती मिथिलेश अग्रहरीले जानकारी दिनुभयो  ।

प्रतियोगीतामा नेपाल र भारतका गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए  ।सो प्रतियोगीता हरेक बर्ष नवलपरासीमा हुने गर्दछ । यस पटकको प्रतियोगीता ४३ औँ अन्तराष्ट्रिय कुस्ती  प्रतियोगीता हो ।