फक्स न्यूजका दुई पत्रकार युक्रेनको गोलाबारीमा मारिए

चैत्र ०२,२०७८

-आस्था न्यूज

चैत्र २, २०७८ काठमाडौं ।
फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार युक्रेनमा मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन्।​ कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।
 
उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल , घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन्। फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि हृदयविदारक दिन भएको बताइन्। स्कटले जाक्रजेव्स्की को पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् ।
 
जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए जसले फक्स न्यूजका लागि इराकदेखि अफगानिस्तानदेखि सिरियासम्म हामीसँगको आफ्नो लामो कार्यकालमा लगभग हरेक अन्तर्राष्ट्रिय कथाहरू कभर गरे, उनले भनिन्।