अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान रुसको कब्जामा

चैत्र ०३,२०७८

-आस्था न्यूज

चैत ३, २०७८ काठमाडौं ।
 
रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ ।
 
युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो ।
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रूसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रूसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।
 
अमेरिका र युरोपका केही देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ । तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रूसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनस् दाबी गर्न कठिन भएको छ ।
 
 – एजेन्सी