आईसीसी विश्व कप क्रिकेटः नेपाल यूएईसँग ४८ रनले पराजित

चैत्र ०४,२०७८

-आस्था न्यूज

चैत ४, २०७८ काठमाडौं ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियो । 
 
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र सोमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए । 
 
बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहोर खान र रोहन मुस्तफाले एक–एक विकेट हात पारे । 
 
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायो । यूएईका लागि रोहन मुस्तफा र चुन्दनग्यापोएल रिजवानले समान ४०र४० रन बनाए ।
 
बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकरएक विकेट लिए ।