अर्जेन्टिनाका पूर्व रग्बी खेलाडीको गोली हानी हत्या

चैत्र ०६,२०७८

-आस्था न्यूज

चैत ६, २०७८ काठमाडौं।
अर्जेन्टिनाका पूर्वअन्तर्राष्ट्रिय रग्बी खेलाडी  फेडेरिको मार्टिन अराम्बुरुको शनिबार बिहान फ्रान्समा गोली हानी हत्या गरिएको बताइएको छ ।
 
अर्जेन्टिनका लागि २२ खेल खेलेका ४२  वर्षीय खेलाडीले फ्रान्समा २००७ मा भएको विश्वकपमा अर्जेन्टिनालाई तेस्रो स्थानमा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्सेली अखबारका अनुसार उनको बिहान बारमा केही मानिसहरूसँग झगडा परेको थियो । पछि उनीहरु कारमा फर्किएर उनमाथि गोली हानेका थिए । पेरिस अभियोजकको कार्यालयले हत्याको अनुसन्धान सुरु गरेको छ। शंकास्पद तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।