विश्वकप लिग टू मा नेपाल युएईसँग ९९ रनले पराजित

चैत्र ०७,२०७८

-आस्था न्यूज

चैत ७, २०७८ काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ।
 
युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५।‍१ ओभरमा अल आउट हुँदै १०३ रन मात्र जोड्न सक्यो।
 
नेपालका लागि क्रमशस् कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ३०, बिनोद भण्डारी १२, सोमपाल कामी १५, करन केसी ४,  सन्दिप लामिछाने शून्य रनमा आउट भए।
 
युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन जोडेको थियो।