नेपालमा पछिल्लो आठ महिनामा २८ अर्बभन्दा बढीको सुन आयात

चैत्र ०७,२०७८

-आस्था न्यूज

चैत ७, २०७८ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । 
 
उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । 
 
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । 
 
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट मात्र सुन भित्रिएको छ । 
 
सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।