वर्ल्डकप लिग टू माः पपुवा न्यूगिनीमाथि नेपालको जित

चैत्र ०८,२०७८

-आस्था न्यूज

चैत ८, २०७८ काठमाडौं ।
 
क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।
 
दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
 
नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।
 
शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।
 
दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।
 
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।