टिम अफ द इयर अवार्ड राष्ट्रिय फुटबल टिमलाई प्रदान

चैत्र ०८,२०७८

-आस्था न्यूज

चैत ८, २०७८ काठमाडौं ।
पल्सर स्पोर्टस् अवार्ड ०७७ को ‘टिम अफ द इयर’ मंगलबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रदान गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टिमले वर्ष ०७७ मा काठमाडौंमा भएको थ्री नेसन्स कप जितेको थियो ।
 
दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो । सन् १९८४ पछि नेपालले घरेलु मैदानमा जितेको यो नै पहिलो फुटबल उपाधि हो ।
 
अहिले नेपाली राष्ट्रिय टिम थाइल्यान्डमा रहेको छ र त्यहाँ नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल अहिले एसियाकप छनोटको तयारीमा रहेको छ ।