चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा सुरक्षा व्यवस्थापन कडा बनाउन निर्देशन
-आस्था न्यूज
चैत १०, २०७८ काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा आवश्यक सुरक्षाको व्यवस्थापन गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। बिहीबार बसेको सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायलाई निर्देशन दिँदै सम्भावित सुरक्षा चुनौतीको अग्रिम व्यवस्थापन गर्न भनेको छ। विगतमा चीनविरोधी व्यक्ति र संस्थालाई निगरानीमा राख्न गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो।
प्रहरीले लाजिम्पाटस्थित तिब्बती शरणार्थीको मुख्य कार्यालयलगायत उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाएको छ। ललितपुरको जावलाखेल, काठमाडौंका स्वयम्भू र बौद्धमा शिविर छन्।
वाङ नफर्किएसम्म तिब्बती नेता र विगतमा चीनविरोधी प्रदर्शन र गतिविधि गर्दै आएका व्यक्तिमाथि निगरानी राखिने प्रहरी अधिकारीले बताएका छन् । बताउँछन्।