‘मेरो जात हो नेपाली’ शीर्षकको गीत सार्वजनिक

चैत्र १०,२०७८

-आस्था न्यूज

चैत १०, २०७८ काठमाडौं ।
मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको ‘मेरो जात हो नेपाली’ शीर्षकको गीत सार्वजनिक भएको छ । ‘५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२’ को अवसरमा पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।
 
यस गीतमा दिल्ली अधिकारीको स्वर रहेको छ भने भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको संगीत रहेको छ । गीतमा चर्चित निर्देशक शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने, अजय रेग्मीको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, केकि अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापा आदिको अभिनय रहेको छ ।