Trending :
 

सार्वजनिक कार्यक्रममा ५ जना मात्रै वक्ता राख्न ओलीको निर्देशन

चैत्र १०,२०७८

-आस्था न्यूज

चैत १०, २०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।
 
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् ।
 
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।