Trending :
 

चिनियाँ बिदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चैत्र ११,२०७८

-आस्था न्यूज

चैत ११, २०७८काठमाडौं ।
 
चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
 
तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  ।​वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । 
 
परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल९चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।