Trending :
 

एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दियो

चैत्र ११,२०७८

-आस्था न्यूज

चैत ११, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।
 
केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।
 
निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको जानकारी गराइएको छ। संगठन विभागको जिम्मेवारी महासचिव बेदुराम भुसालले पाएका छन् ।
 
अर्थ तथा योजना विभाग उपमहासचिव विजय पौडेलले पाएका छन् । त्यस्तै हालै माअ‍ोवादी केन्द्रबाट आएका रामचन्द्र झाले कानून विभागको जिम्मेवारी पाएका छन्।