Trending :
 

चिनियाँ विदेशमन्त्रीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

चैत्र १२,२०७८

-आस्था न्यूज

चैत १२, २०७८ काठमाडौं ।
 
नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् ।
 
सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले मन्त्री खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए । यसअघि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुई मन्त्रीबीच भएको भेटवार्ता भएको थियो । भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा सम्झौता भएको थियो ।
 
नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड-१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । ​