Trending :
 

एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै

चैत्र १३,२०७८

-आस्था न्यूज

चैत १३, २०७८ काठमाडौं ।
 
नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।
 
बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
 
नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।