ट्वान्टी २० सिरिजः नेपालले पपुवा न्यु गिनी लाई १५ रनले हरायो

चैत्र १४,२०७८

-आस्था न्यूज

चैत १४, २०७८ काठमाडौं ।

नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको पहिलो खेलमा १५ रनले पराजित गरेको छ । १ सय ८४ रनको लक्ष्य लिएर आएको पीएनजी ४ बल अगाडि १ सय ६८ रनमा अलआउट भयो ।
 
कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २२ र करणले ४ ओभरमा ४४ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।