Trending :
 

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

चैत्र १६,२०७८

-आस्था न्यूज

चैत १६, २०७८ काठमाडौं । 
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।
 
थप्सनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।
 
हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।
 
थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।
 
उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।