Trending :
 

अब गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने देउवाको भनाई

चैत्र १७,२०७८

-आस्था न्यूज

चैत १७, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।
 
कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए ।
 
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताए । ‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने छौं, गठबन्धन अगाडि बढ्ने छ,’ उनले भने, ‘सानोतिनो अप्ठ्यारा आउलान्, त्यसलाई पनि फुकाउने राजनीतिक नेताहरुको हो, भाग्ने होइन ।’