अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जित्यो

चैत्र १८,२०७८

-आस्था न्यूज

चैत १८, २०७८ काठमाडौं।
अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ । लाहोरमा गएराति अष्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै  मात्र चार विकेट गुमाएर भेटायो ।
 
पाकिस्तानले हिजो एकदिवसीयमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याएर विजयी भएको कीर्तिमान समेत बनाएको छ । उसका लागि कप्तान बाबर आजम र ओपनर इमाम उल हकले शतक बनाए । फकर जमाम ६७ रनमा आउट भए । खुसदिल साहले १७ बलमा २७ रन बनाए ।
 
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले बेन म्याकडर्मटको शतक तथा ट्रेभिस हेडको ८९ रन मद्दतमा ६ विकेट गुमाएर तीन सय ४८ बनाएको थियो । बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले चार विकेट लिए । पाकिस्तानको जितसँगै तीन खेलको श्रृङ्खला एकरएकको बराबरीमा आएको छ ।