Trending :
 

माओवादीलाई विजयी गराए मुलुकमा विकासले गति लिने प्रचण्डको दावी

चैत्र १८,२०७८

-आस्था न्यूज

चैत १८, २०७८ काठमाडौं ।
नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् ।
 
पेरिस डाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुक अहिले अप्ठेरोमा परेकाले अब उनको पार्टीलाई भोट नहाल्न आग्रह गरे।
 
‘जनताले ओलीलाई मुलुक निर्माण गर्ने राम्रो अवसर दिएका थिए, तर ओलीले सम्हाल्न सकेनन्, अब पनि एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्नु हो, दाहालले भने । उनले माओवादी केन्द्रलाई विजयी गराए मात्र विकासले गति लिने दावी गरे । ओलीले मुलुक र जनतालाई पटक(पटक धोका दिएकाले थप धोका पाउन नेकपा एमालेलाई भोट हाल्न नहुने अध्यक्ष दाहालको भनाइ छ।
 
माओवादी केन्द्रलाई भोट हाले मात्र मुलुक स्थायीत्वतर्फ उन्मुख हुने दाहाले दावी गरे । अध्यक्ष दाहालले ओलीलाई आफूले नायक बनाउन खोजेको तर उनी खलनायक भएर निस्केको समेत आरोप लगाए ।