Trending :
 

आर्थिक प्रसङ्ग :

खानेतेलमा अखाद्य वस्तु भेटियो,कारवाही गर्न आनाकानी

आश्विन २३,२०७४

-

२३ आश्विन,बारा-

 बारामा खानेतेलमा अखाद्य वस्तु मिसेको भेटिएपछि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ ।

 जिल्लाको जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसेको भेटिएको हो ।

भदौ २७ गते आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले उद्योगमै पुगेर त्यहाँ उत्पादित खानेतेल परीक्षण गर्दा त्यसमा अखाद्य वस्तु मिसेको भेटिएको थियो ।
खानेतेलमा अखाद्य वस्तु मिसाएको भेटेपछि अनुगमन टोलीले खानेतेल उत्पादन गर्ने प्लान्ट तत्काल बन्द गर्न उद्योग प्रशासनलाई लिखित निर्देशन दिँदै कालोबजारीमा थप कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई भनेको थियो ।


अनुगमनमा संलग्न विभागका अधिकृत मोहन पुडासैनीले उद्योगबाट उत्पादित फेमिली ब्रान्ड खानेतेलमा सरकारले तोकेको मापडण्डविपरीत अखाद्य वस्तु मिसेको भेटिएपछि तत्काल उत्पादन प्लान्ट बन्द गरी उद्योगलाई कालोबजारीमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखिएको थियो ।


काठमाडौंको बजारमा बेचिएको फेमिली तेलमा अखाद्य वस्तु फेला परेपछि सरकारले उद्योगमै पुगेर अनुगमन गरेको र कैफियत भेटेपछि प्लान्ट बन्द गर्न भनेको पुडासैनीले बताए । तैपनि उद्योगले उत्पादन जारी राखेको छ । जिल्ला प्रशासनले कारबाही गर्नेतर्फ कुनै कदम चालेको छेन ।