आश्विन २३,२०७४
-
बलिउड चलचित्र ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाएको छ ।

वरुण धवनको दोहोरो भूमिका रहेको ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाउन सफल भएको हो ।
फिल्मले शनिबारको दिन ५ करोड कमाइ गरेसँगै फिल्मले कुल कमाइ १ सय चार करोड पु-याएको हो । ‘जुडवा २’ सय करोड क्लबमा पुग्ने बरुण धवनको तेस्रो फिल्म हो । यसअघि यही साल प्रदर्शनमा आएको धवनको फिल्म ‘बद्रिनाथ कि दुल्हनिया’ र अघिल्लो साल प्रदर्शनमा आएको ‘एबिसिडी २’ ले सय करोड कमाएका थिए ।
शुक्रबार सैफअलि खान अभिनित ‘सेफ’ रिलिज भए पनि ‘जुडवा २’लाई यसले खासै असर गर्न सकेन । फिल्मले शुक्रबार ४ करोड र शनिबार ५ करोड कमाउँदै कमाइमा कीर्तिमानी आँकडा छोएको हो ।
को दोहोरो भूमिका रहेको ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाउन सफल भएको हो ।
फिल्मले शनिबारको दिन ५ करोड कमाइ गरेसँगै फिल्मले कुल कमाइ १ सय चार करोड पु-याएको हो । ‘जुडवा २’ सय करोड क्लबमा पुग्ने बरुण धवनको तेस्रो फिल्म हो । यसअघि यही साल प्रदर्शनमा आएको धवनको फिल्म ‘बद्रिनाथ कि दुल्हनिया’ र अघिल्लो साल प्रदर्शनमा आएको ‘एबिसिडी २’ ले सय करोड कमाएका थिए ।
शुक्रबार सैफअलि खान अभिनित ‘सेफ’ रिलिज भए पनि ‘जुडवा २’लाई यसले खासै असर गर्न सकेन । फिल्मले शुक्रबार ४ करोड र शनिबार ५ करोड कमाउँदै कमाइमा कीर्तिमानी आँकडा छोएको हो ।
बक्स अफिस इन्डिया डटकमले ‘जुडवा २’ धवनको करियरको सर्वाधिक कमाइ गर्ने फिल्मको रूपमा स्थापित हुने आंकलन गरेको छ ।
प्रमुख समाचार