Trending :
 

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री देउवालाई अनुरोध

चैत्र २२,२०७८

-आस्था न्यूज

चैत २२, २०७८ काठमाडौं ।
सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्  ।
 
अर्थतन्त्रमा सिर्जित समस्याहरु समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेपछि उहाँले विज्ञहरुसँग परामर्श गरी अगाडि बढ्ने बताउनुभएको पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालले जानकारी दिए ।
 
यसैगरी बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् ।
 
बैठकमा चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।