काठमाडौं महानगर २८ को वडाध्यक्षमा कांग्रेसका इन्द्र रत्न बर्ज्रचार्यको चर्चा
-आस्था न्यूज
चैत २२, २०७८ काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्वर २८ को वडाध्यक्षमा कांग्रेसका इन्द्र रत्न बर्ज्रचार्य सम्भावित प्रत्यासीका रुपमा देखिएका छन् ।
समाजसेवामा समेत सक्रिय रहेका बर्ज्रचार्यलाई वडाको थप विकास र सेवाका लागि आगामी स्थानिय तहको निर्वाचनमा सम्भावित उम्मेद्वारको रुपमा अघि सारिएको हो ।
बर्ज्रचार्य काठमाडौं जेसिजका पूर्व अध्यक्ष समेत हुन भने लायन्स क्लब लगाएतका विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक सेवामा सक्रिय रहदै आएका छन् ।
उनको सेवाभाव, मृदभाषि, मिलनसार तथा नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने खुबीका कारण पनि बर्ज्रचार्यलाई स्थानियले रुचाएका छन् ।
हालको गठबन्धनबाट वडाध्यक्षमा अघि सारेको खण्डमा जितेर वडाको विकास गरेर देखाउने मौका खेर नफाल्ने वडाध्यक्षका प्रत्यासी बर्ज्रचार्यको भनाई छ ।
आगामी बैशाखमा हुने निर्वाचनका लागि बर्ज्रचायसहित काठमाडौं वडा नम्वर २८ को वडाध्यक्षमा हालका वडाध्यक्ष भाइराम खड्की, रुपक तण्डुकार हालका वडा सदश्य, होम प्रसाद खड्की, दिवस डंगोल, पूर्ण बहादुर खड्की, हालकी वडा सदश्य सुनिता तण्डुकार लगाएतका आधा दर्जन आकांक्षी देखिएका छन् ।
केन्द्रले सबै स्थानिय तहमा सत्ता गठबन्धनको प्यान बनाउने निर्णय गरेसँगै काठमाडौं लगाएत देशैभर स्थानिय स्तरमा नेताहरु उम्मेद्वारको दौडधुपमा लागि पर्दै आएका छन् ।