सेयर बजार ‌मंगलबार पनि ओरालो

चैत्र २२,२०७८

-आस्था न्यूज

चैत २२, २०७८ काठमाडौं ।
कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजार ‌ओरालो लाग्यो । कारोबारको पहिलो दिन आइतबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको हो। यसदिन नेप्से परिसूचक ४६।४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ।
 
यसदिन २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँमा सेयर खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १४.८८ अंकले घटेर २४ सय ९८.५३ विन्दुमा अडिएको थियो। सो दिन डेढ करोडको सेयर कारोबार भएको थियो।
 
यस्तै साताको पहिलो दिन आइतबार २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा खरिदबिक्री भएको थियो। सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने १ कम्पनीको मात्र सेयर मूल्य बढेको थियो। 
 
यसदिन सेन्सेटि इन्डेक्स  ८.३४ अंकले घटेर ४५८.५५ विन्दुमा बन्द भयो। कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको सूचक ओरालो  लागेको छ।एक दर्जन समूहको सूचक घट्दा होटल तथा पर्यटनको ०.०५ प्रतिशतले सेयर मूल्य बढ्यो। यसदिन अन्य समूहको सर्वाधिक ३.६६ प्रतिशतले सूचक घट्यो।
 
निर्जीव विमाको २.९२,वित्तको २.७२ र जलविद्युतको २.०७ प्रतिशतले मूल्य ओरालो लाग्दा विकास बैंकको १.९५, व्यापारको १.८६ र बैंकिङको १.१५ प्रतिशतले मूल्य घट्यो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा २ कम्पनीको मात्र सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  नेष्डो समृद्धि लघुवित्त वित्तीय र राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
 
कारोबार रकमका आधारमा हिमालयन डिस्टीलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड बढीको सेयर कारोबार भयो। यस्तै नविल बैंकको ८ करोड, नेपाल लाइफको ८ करोड ,सुर्य लाइफको ७ करोड बराबरको  सेयर कारोबार भयो। यस दिन कारोबारमा आएका १३ उपसमूहमा होटल उपसमूह बाहेक अन्य १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।