गाईको महत्व

गाई यस कारण बिशेष भएको हो

हिन्दु धर्मले गाईलाई आमाको दर्जा समेत दिएको कारण पनि यसको महत्व कति छ भन्ने प्रष्ट हुन्छ

चैत्र १९,२०७३

-पारस पोखरेल

आस्था न्युज अध्यात्म डेस्क  l हिन्दु धर्ममा गाईको एकदमै ठुलो महत्व रहेको छ l हिन्दु धर्ममा मनुष्यको जन्म , कर्म , र मृत्यु सबैमा गाई नभई हुदैन l गाईलाई विभिन्न नामले समेत नामाकरण गरिएको छ l हिन्दु धर्ममा गाईमा ३३ कोटी देवी –देवताको बास हुन्छ l ३३ कोटिलाई ३३ प्रकारको देवता भन्ने बुझिन्छ l यसमा १२ आदित्य , ८ वसु , ११ रुद्र र २ आश्विन कुमार रहेका छन् l

 

हिन्दु शास्त्र तथा अध्यात्मिक बिद्धवानले केहि पशुपंक्षी आत्माको विकास यात्रा क्रमको अन्तिम चरणको शरीर धारण भएको मान्दछन् जसमा गाईपनि एउटा हो l यस पछि आत्मा मनुष्य योनी वा सिधै देवलोकमा पुग्दछ l

हिन्दु धर्ममा गाईको महत्व प्राचिन कृषि र अर्थ व्यवस्थाको आधार स्तम्भका कारण मात्र रहेको पाहिदैन l हिन्दु धर्मले गाईलाई आमाको दर्जा समेत दिएको कारण पनि यसको महत्व कति छ भन्ने प्रष्ट हुन्छ l प्राणको रक्षा गर्न , पापको नाश गर्न , मृत्यु पश्यात पनि आत्मालाई स्वर्गसम्म पुर्याउने ( बैतरणी नदि तार्न ) गाईनै चाहिन्छ l

अर्को तर्फ हेर्ने हो भने हिन्दु धर्ममा गाईको महत्व उसको गुणको कारण पनि बिशेष मानिएको पाहिन्छ l वास्तबमा गाईको विभिन्न अध्यात्मिक , धार्मिक र चिकित्सकिय गुणका कारण पनि यसको महत्व रहेको छ l गाईको महिमा र गुण सम्बन्धित केहि  बैज्ञानिक, धार्मिक  र व्यवहारिक पक्ष बारेमा चर्चा गरौ l

 

 

बैज्ञानिक कारण :

-    वैज्ञानिक अनुसन्धानबाट गाईमा एक प्रकारको सकारात्मक उर्जा रहेको हुन्छ जुन अन्य कुनै प्राणीमा पहिदैन l 

-    गाईको ढाडको हड्डी छेउमा रहेको सूर्यकेतु स्नायु हानिकारक विकिरणहरुलाई रोकेर वातावरणलाई स्वच्छ बनाउन मद्धत गर्दछ l पर्यावरणीय हिसाबले यो एकदमै लाभान्वित पशु रहेको  पुष्टि हुन्छ l

-    गाईको ढाडको हड्डीनिर भएको  सूर्यकेतु नाड़ी सर्वरोगनाशक, सर्वविषनाशक हुन्छ ।

-    सूर्यकेतु नाड़ी सूर्यको सम्पर्कमा आउदा त्यसबाट स्वर्णको उत्पादन हुन्छ । गाईको शरीरमा उत्पन्न हुने यो सुन गाईको दुध , गोबर र मुत्रमा घुलेर रहेको हुन्छ l त्यसैले गाईको सबैकुरा दुध , मुत्र र गोबरलाई महत्व दिएको हो l गाईको दुधमा मिसिएको सुन दुधको माध्यमले हाम्रो शरीरमा , गोबरबाट जमिनमा र मुत्रबाट बिभिन्न रोगको उपचार गर्न प्रयोग गरिन्छ l किन कि कयौ रोगको उपचारमा स्वर्ण भस्म दिने गरिन्छ l

-    वैज्ञानिक कारण यस्तो पनि छ l गाई मात्र एउटा यस्तो प्राणी हो जसले वातावरणबाट अक्सिजन लिएर पुन अक्सिजननै छोड्ने गर्दछ l जबकी मनुष्यले अक्सिजनलिएर  कार्बन डाई अक्साइड बाहिर फ्याक्दछ । रुख बिरुवाहरु कार्बन डाई अक्साइड लिएर अक्सिजन छोड्ने गर्दछन् l

-    घरेलु गाईको एक ग्राम गोबरमा कम्तिमा पनि ३०० करोड जीवाणु रहेको हुन्छ जुन बोट बिरुवा र जमिनलाई अत्यावश्यक हुन्छ l साथै यस जीवाणुले खराब जीवाणुलाई मार्ने काम पनि गर्दछ l

-    रुसमा गरिएको एक अनुसन्धानमा १० ग्राम घ्युद्धारा हवन गर्दा करिब १ टन अक्सिजन सृजना भएको पहियो l 

-    वैज्ञानिकहरुका अनुसार गाईको गोबरमा भिटामिन बि १२ धेरै मात्रामा पाहिन्छ l साथै यसले  रेडियोधर्मिता लाई पनि सोस्न सक्दछ l   

 

व्यवहारिक कारण :

-    गाई एक मात्र यस्तो पशु हो जसको सबै थोक मनुष्य, धर्ति  र अन्य प्राणीको सेवामा समर्पित रहेको हुन्छ

-    गाईले आफ्नो जीवनकालमा करिब ४,१०,४४० मनुष्यहरु  एक छाकको भोजन र करिब ८० मांशाहारीलाई भोजनको व्यवस्था मिलाउने  गर्दछ l

-    गाईको दुध , मुत्र , र गोबरका साथै दुधको प्रकार जस्तै दहि , घ्यू, नौनी , पनिर आदि सबै मनुष्यको भोजनको एउटा महत्वपुर्ण आधार हो l

-    गाईको गोबरबाट इन्धन (गुइठा ), मल बनाएर प्रयोग गर्नुको साथै गोबरबाट किटाणु मार्न र लामखुट्टे र झिंगा आदि भगाउन प्रयोग गरिन्छ l

-    प्राचिनकालदेखि आज सम्मको  कृषि अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भनेको गाई पालन भएको हुदा देश र मनुष्यको दिगो - दरिलो र आत्मनिर्भरको पाटो र आम्दानीको आधारस्तम्भ गाई नै  हो  l

 

धार्मिक कारण :

-    कुनै पनि धार्मिक कर्म र अनुष्ठान गर्दा सबै भन्दा पहिले गौ दान गर्नु पर्दछ l गौ दान गर्नाले अकर्म र पाप नष्टहुने , पुण्य प्राप्त हुने , र शुद्ध भईने धार्मिक मान्यता छ l

-    भगवान शिवको प्रिय पत्र ‘ बेलपत्र ‘ को उत्पति गाईको गोबरबाट भएको हो l

-    सबै भन्दा पबित्र प्रसाद पन्चामृतमा गाईको दुध , घ्यू, र दहि प्रयोग गरिन्छ l

-    धार्मिक हवन र यज्ञमा केवल गाईको घ्यू  अनिवार्य चाहिन्छ l

-    स्वर्गबाट कामधेनु गाई ल्याहिएको हो l त्यसैले यसलाई पबित्र मानिन्छ l

-    मृत्युपछि गरुढ़ पुराण अनुसार बैतरणी तर्न गाई दाननै गरेको हुनुपर्दछ  l

-    स्वयम् भगवान श्रीकृष्णले गाई चरण गराउने गरेका र उनले गौशाला र गाईको पुजा गर्न लगाएको कारण पनि गाईको महत्व धेरै भएको बुझिन्छ l

-    गाईलाई लक्ष्मीमाताको प्रतिबिम्बका रुपमा पनि पुज्ने गरिन्छ l

-     गुरु बशिष्ठले गाईको प्रजाती बिस्तार गरेका हुन् l उनले कामधेनु, कपिला, देवनी, नंदनी, भौमा आदि गाईको नामाकरण गरेको पाहिन्छ l

-    गाई पालन , गाईको सेवा र गाईलाई खाना खुवाउनाले पुण्य प्राप्त हुने साथै आफ्नो मनोकामना पूर्ति हुने मान्यता छ l

-    गाईको हत्या गर्नु भनेको हिन्दु धर्ममा सबै भन्दा बढी पाप गर्नु हो भन्ने रहेको छ l

-    ऋग्वेदले गाईलाई अघन्या, यजुर्वेदले  अनुपमेय र अथर्ववेदले सम्पतिको घर भनेको छ l

-    पौराणिक मान्यताहरु र श्रुतिहरुमा गाईलाई बिष्णुको रुप , गाई सर्व वेदमयी र  वेद गौमय भनिएको छ ।

-    स्कंद पुराणका अनुसार ‘गौ सर्वदेवमयी र वेद सर्वगौमय छ ।' 

-    भगवान कृष्णले श्रीमद् भगवत गीतामा भनेका छन् - ‘धेनुनामस्मि कामधेनु’ अर्थात म नै गाई मध्यको  कामधेनु हू।

-    श्रीरामले समेत बन प्रस्थान गर्नु पूर्व त्रिजट नामक ब्राह्मणलाई गाई दान गरेका थिए । आदि

                                                                     

गाई संग सम्बन्धित धार्मिक व्रत तथा उपवासः-

१. गोपद्वमव्रतः- सुख, सौभाग्य, संपत्ति, पुत्र, पुत्री , आदिको सुख प्राप्तिको लागि गरिने ।

२. गोवत्सद्वादशी व्रतः- यस व्रतबाट समस्त मनोकामना पूर्ण हुने ।

३. गोवर्धन  पूजाः- यस लोकको समस्त सुखहरुको वृद्धिका साथै मोक्ष प्राप्तिका लागि गरिने l  

४. गोत्रि-रात्र व्रतः- पुत्र प्राप्ति, सुख भोग, र  गौलोक  प्राप्तिका लागि गरिने  ।

५. गोपाअष्टमीः- सुख सौभाग्य वृद्धिका लागि गरिने ।

६ . पयोव्रतः- पुत्र प्राप्तिको इच्छा राख्ने दम्पतिहरुले सन्तान प्राप्तिका लागि गरिने व्रत l