Trending :
 

उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने गृहमन्त्री खाणको भनाई

चैत्र २५,२०७८

-आस्था न्यूज

चैत २५, २०७८ काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।  
 
उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए । 
 
गृहमन्त्री खाणले सबै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै  स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने स्पष्ट पारे । निर्वाचन वैशाख ३० मै हुनेमा सबै विश्वस्त हुन आग्रह गर्दै उनले निर्वाचनमा सबै दललाई सहभागी हुन अनुरोध गरे ।  
 
विकास निर्माणका कामले जनताको पनि उन्नति र प्रगति हुने भएकोले राजनीतिक स्थायित्वका लागि सबै दल उत्साहजनक रुपले स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने खाणले बताए । उनले निर्वाचनपछि जनप्रतिनिधिले पनि उत्साहित हुदै काम गर्न निर्देशन दिए । गुल्मीमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला संचालन हुनेछ ।