Trending :
 

प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभामा मनोनित

चैत्र २५,२०७८

-आस्था न्यूज

चैत २५, २०७८ काठमाडौं ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभामा मनोनित भएका छन् ।
 
बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् ।