पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
 
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्।
 
उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्।
 
पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्।
 
राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल-एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए।
 
पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।