एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको पूर्वअर्थमन्त्री पौडेलको भनाई

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन् । एमालेबाट नियुक्त गभर्नर निलम्बनमा परेपछि एमालेले आफ्ना धारणा सार्वजनिक गर्न बोलाएको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताएका हुन् ।
 
‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’
 
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको समेत बताए । यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने उनले दावी गरे ।
 
आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको उनले बताए । पूर्व सरकारले घोषणा गरेको योजनाहरूलाई निरन्तरता नदिएकोमा समेत उनले आक्रोश व्यक्त गरे । प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको उनले दावी गरे ।
 
‘प्रतिस्थापन बजेटले नै अर्थतन्त्रलाई नकारात्मक दिशामा लगेको पौडेलको भनाई छ।